कपालभाँती प्राणायामका पाँच फाइदा

नेपालभ्युज

कपालभाँती प्राणायामका पाँच फाइदा

एजेन्सी । योगले मन र शरीर स्वस्थ राख्न सहयोग गर्छ । योगको सहयोगले पुरानो रोग पनि कम गर्न सकिन्छ ।

कपालभाँती प्राणायाम गर्नाले स्वास्थ्यमा विभिन्न प्रकारका लाभ पाउन सकिन्छ । आउनुहोस् जानौं कपालभाँती प्राणायामका पाँच फाइदा ।

  • कपालभाँती प्राणायामको दैनिक अभ्यास गर्दा मिर्गौला स्वस्थ बन्छ । यसले मिर्गौलासँग जोडिएका समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
  • शरीरमा रक्तसञ्चार सही राख्न तथा मेटाबोलिज्ममा सुधार ल्याउन पनि कपालभाँती फाइदाजनक छ ।
  • जो व्यक्तिलाई पाचनसँग जोडिएका समस्या हुन्छन्, उनीहरुले पनि यसको दैनिक अभ्यास गर्दा फाइदा हुनेछ । यसले ग्यास, एसिडिटी र कब्जियतको समस्यामा राहत दिन्छ ।
  • त्यस्तै कपालभाँती नियमित रुपमा गर्दा स्मरण शक्ति पनि बढ्छ । यो आसनले दिमागको स्वास्थ्यलाई राम्रो गर्छ ।
  • नियमित रुपमा १५ मिनेटदेखि आधा घण्टा कपालभाँती मात्र गर्दा पनि तौल नियन्त्रणमा राख्न सहयोग हुन्छ । अन्य कुनै शारीरिक व्यायाम गर्न नसक्नेले पनि कपालभाँती गर्न सक्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved