डेंगु संक्रमणले एक जनाको मृत्यु

नेपालभ्युज

डेंगु संक्रमणले एक जनाको मृत्यु

काठमाडौं ।  डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुष रहेका छन् ।

एक्कासी ज्वरो आएर १६ असारमा अस्पताल गएका उनलाई बेनी अस्पतालले  अवस्था जटिल बनेपछि १७ गते पोखरा रिफर गरेको थियो ।

उनको पोखरामा उपचारकै क्रममा निधन भएको बताइएको छ ।

डेंगु संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन चिकित्सकले बताएका छन् ।


Comment

One thought on “डेंगु संक्रमणले एक जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved