बुढानीलकण्ठमा देउवा र ओलीबीच भेटवार्ता

नेपालभ्युज

बुढानीलकण्ठमा देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भएको  भेटवार्तामा भावी रणनीति तय गर्नेबारे छलफल भएको बताइएको छ ।

दुई घण्टा लामो छलफलमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको एमालेका एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार ओली नेतृत्वको सरकार गठनका लागी  सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने विषयमा छलफल भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved