नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने

नेपालभ्युज

नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने
फाइल तस्वीर

काठमाडौं । नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको सडक बन्द गर्न लागिएको हो ।

सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने योजना प्रमुखले जानकारी दिए ।

सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइनेछ ।

साथै, वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved