यस्तो छ कान छेड्नुको वैदिक महत्व

नेपालभ्युज

यस्तो छ कान छेड्नुको वैदिक महत्व

एजेन्सी । महिलाले कानका विभिन्न स्थानमा प्वाल पारेर विभिन्न गहना लगाउने गर्छन् । जसलाई फेसन तथा सुन्दरताको रुपमा लिइन्छ ।

तर, के तपाईंलाई थाहा छ कि कान छेड्नुको विशेष महत्व हुन्छ । आज हामीले यहाँ कान छेड्नुको महत्व बारे बताउनेछौं ।

हिन्दु धर्ममा कान छेड्नुको विशेष महत्व छ । यस्तो मान्यता छ कि कान छेड्दा शरीरलाई धेरै प्रकारको समस्याबाट जोगाउन सकिन्छ । भनिन्छ कान छेड्ने प्रथा प्राचिन वैदिक कालदेखि सुरु भएको थियो ।

कानको बीचमा बिन्दु बनाउनु लाभदायक मानिन्छ ।

कानमा प्वाल पारेपछि त्यसमा सुनको बाली लगाउँदा व्यक्तिमा एक प्रकारको सन्तुलिन आउने मानिन्छ । यही मान्यताले आमाबुवाले छोराछोरीको कान छेड्ने गर्छन् ।

आयुर्वेदका अनुसार कान छेड्दा महिलाको प्रजनन स्वास्थ्यमा पनि राम्रो प्रभाव पर्दछ । केही रिपोर्टअनुसार यसले महिनावारीमा पनि फाइदा पुग्दछ ।

कान छेड्ने प्रथालाई संस्कृतमा ‘कर्णवेध’ भनिन्छ । यसमा कर्णको अर्थ कान हुन्छ र वेदको अर्थ छेड्नु हुन्छ । यसले हिन्दु धर्मका १६ संस्कारको हिस्सा मानिन्छ ।

कान छेड्नु दिमागका लागि पनि राम्रो मानिन्छ । यसले व्यक्तिको मस्तिष्कको विकास राम्रो तरिकाले हुने मान्यता छ ।

महिलाको कान छेड्नु आँखाका लागि पनि राम्रो मानिन्छ । कानको बीचको भाग हाम्रो आँखाको स्वास्थ्यसँग जोडिएको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved