अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच दरिलो समन्वय र तालमेल नभए अर्थतन्त्र थप संकटमा जान्छः सांसद चौधरी

नेपालभ्युज

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच दरिलो समन्वय र तालमेल नभए अर्थतन्त्र थप संकटमा जान्छः सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिवन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्शन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले मुलुकको वाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठिक समय आएको बताए । उनले उक्त नीतिको कारण मुलुका आयात नबढ्दा राजश्व लगायत क्षेत्रमा असर परेको बताए । उनले अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समय अनुसार करेक्शन गर्न नसकेको बताए । उनले उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको बताए । उनले यसले गर्दा अप्रत्यासित रुपमा सरकारको आन्तरिक ऋण समेत बढ्दै गएको उल्लेख गरे । उनले बैंकको कर्जा सबै अनउत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जना समेत हुन नसकेको बताए । उनले पछिल्लो समय साना तथा घरेलु उद्योगहरु सबै भन्दा बढी प्रभावित र विस्थापित भएको उल्लेख गरे ।

उनले भने,‘मुलुकको वाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातलाई प्रतिवन्ध लगायो । जसमा कयौं आइटमहरुलाई प्रतिबन्ध लगायो । त्यो सही समय थियो । म राष्ट्र बैंकलाई धन्यवाद भन्न चाहन्छु अन्य देशले गर्न सकेनन् । आज ती देशरु अफ्ठ्यारो स्थितिमा छन् । जुन श्रीलंका र बलादेश हेर्दा पनि हुन्छ ।’

उनले मौद्रिक नीति लगानी, माग वृद्धि,पुँजी चलायमान बनाउने मुख्य माध्यम भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved