बाढी-पहिरोका कारण दुई दिनमा १६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७४ पुग्यो

नेपालभ्युज

बाढी-पहिरोका कारण दुई दिनमा १६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७४ पुग्यो

काठमाडौं । जारी वर्षाका कारण मुलुकभर भएको बाढी-पहिरो र डुबानले गर्दा मुलुकभरको जनजीवन कष्टकर बनेको छ । मध्यपहाडी भेगमा विशेषगरि पहिरोले जनधनको ठूलो क्षति भएको छ ।

वर्षापछि उर्लिएको बाढीका कारण मानिसको मृत्यु हुनुका साथै कयौं स्थानमा कटान भएको छ । बाढी पहिरोबाट आइतबार थप ७ जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

यो सँगै शनिबार र आइतबार गरेर १६ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । बाढीपहिरोमा परेर थप दुई जना अझै बेपत्ता छन् ।

अन्य १८ जना घाइते भएका छन् । दुई दिनमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको हो भने ७ जनालाई बाढीले बगाउँदा ज्यान गएको हो ।

यस वर्ष मनसुन सुरु भएपछिको विपद्मा परेर ज्यान गुमाउनेको संख्या ७४ पुगेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

बाढीपहिरोले ४३ जना र चट्याङले १९ जनाको ज्यान लिएको हो । सर्पदंश, जनावरको आव्रmमण र आगलागीका कारण अन्यको ज्यान गएको हो ।

यस अवधिमा १३५ जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन् । यस अवधिमा झण्डै २३ करोड रुपियाँभन्दा बढीको आर्थिक नोक्सान भएको विवरण संकलन भएको छ ।

मनसुनजन्य विपद्बाट एक हजार ४४८ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved