गेस्टहाउसमा मृत भेटिए २१ वर्षे युवा, के थियो कारण ?

नेपालभ्युज

गेस्टहाउसमा मृत भेटिए २१ वर्षे युवा, के थियो कारण ?

काठमाडौं । ललितपुर सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेका छन् ।

निरौला बस्न भन्दै शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए ।

आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा निरौला घोप्टो अवस्थामा सुतेको देखिएको थियो । तर बोलाउँदा पनि नबोलेपछि ढोका फोडेर हेर्दा उनी मृत भेटिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनी सुतेको कोठामा लागु औषध एम्पुलहरु समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved