जसपाका मन्त्री र राज्यमन्त्रीले बुझाए राजीनामा

नेपालभ्युज

जसपाका मन्त्री र राज्यमन्त्रीले बुझाए राजीनामा

काठमाडाैं। अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान छन् । यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved