बा ! अब तपाईका शिक्षकले एमालेकै सिद्धान्त मात्र पढाउन् : शिक्षा मन्त्री श्रेष्ठ

नेपालभ्युज

बा ! अब तपाईका शिक्षकले एमालेकै सिद्धान्त मात्र पढाउन् : शिक्षा मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने तयारी गरेकै कारण सरकार परिवर्तनको कदम चालिएको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् ।

उनले लेखेकी छन् “आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाउँदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भन्दा सरकार नै परिवर्तन गर्न खोज्ने ? तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ।’

बुटवलमा हिजो आयोजित कार्यक्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved