काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । उनीहरुले बिहीबार बेलुका मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर मुख्यमन्त्री जोखबहादुर महरा समक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसी रहेका छन् । यस्तै आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर यसबारेको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा गराइसकेको छ ।
एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई लखेको पत्रमा सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उदेश्यले नयाँ सरकार गठनको पहल गर्न समर्थन फिर्ता लिइएको उल्लेख गरेका छन् ।
Facebook Comment
Comment