बालुवाटारमा सुनाइयो फत्तेमानको गीत- यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले…

एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरिसकेको छ । यसपछि ऊ प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको हो ।

नेपालभ्युज

बालुवाटारमा सुनाइयो फत्तेमानको गीत- यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले…

काठमाडौं । नेकपा (एमाले) को तर्फबाट सरकारमा सहभागी भएका ८ मन्त्रीहरूले बुधबार साँझ राजीनामा दिए ।

पार्टीले सरकारबाट बाहिरिन निर्देशन दिएपछि एमालेका ८ मन्त्रीहरू राजीनामा बुझाउन बालुवाटार पुगे ।

त्यस क्रममा माहोल केहीबेर भावुक बनेको मन्त्री राजेन्द्र राईले नेपालभ्युजसँग बताए । आफूहरूको सामूहिक राजीनामा बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘थप केही भन्दिनँ’ भन्दै स्व. फत्तेमान राजभण्डारीको गीत सम्झिए ।

प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै राईले भने, “यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्न एउटा भूल गरेँ मैले…”

एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरिसकेको छ । यसपछि ऊ प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको हो ।

एमालेका मन्त्रीहरुको सामूहिक राजीनामा – Nepal Views


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved