राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

नेपालभ्युज

राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं । परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको छ ।

कांग्रेस र एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।

पछिल्लो परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठक मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

गए राति एमाले र कांग्रेसले दुई दलबीच नयाँ सरकार बनाउने, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका विषयमा सहमति जुटेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved