टी–२० विश्वकप : सेमिफाइनलको २ स्थानको लागि ४ टोलीबीच प्रतिस्पर्धा

नेपालभ्युज

टी–२० विश्वकप : सेमिफाइनलको २ स्थानको लागि ४ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं। दक्षिण अफ्रिका र इंल्याण्डले टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

समूह २ को खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै र अमेरिकालाई हराउँदै साविक विजेता इंल्याण्डले सेमिफाइनलको स्थान पक्का गरेको हो ।

जबकि समूह १ का सम्पूर्ण चार टोलीको सेमिफाइनल पुग्ने दौड बाँकी नै छ। तर, सेमिफाइनलका लागि अब दुई टोली मात्रै छनोट हुन सक्नेछन् ।

समूह १ मा सबै टोलीले दुई दुई खेल खेलिसकेका छन्। दुवै खेलमा जित हासिल गरेको चार अंकसहित भारत अंक तालिकाको पहिलो स्थानमा छ ।

दुई खेलमध्ये एकमा जित र अर्कोमा पराजय भोगेको अष्ट्रेलिया दुई अंकसहित दोस्रो स्थानमा छ। दुई अंक भएको अफगानिस्तान तेस्रो स्थानमा छ । अंकविहीन बंगलादेश भने पुछारमा छ ।

भारतलाई अन्तिम चारमा पुग्नका लागि अब केवल एक जितको आवश्यकता छ । अन्तिम ८ मा सोमबार नै भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतले जितेमा समूह १ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ।

अस्ट्रेलियाले जितेमा शीर्ष स्थानमा उही उक्लिने सम्भावना रहन्छ । तर त्यसका लागि उसले उच्च रनरेट खडा गर्नुपर्ने हुन्छ । भारतको नेट रनरेट २.४२५ रहेको छ। अष्ट्रेलियाको ०.२२३ रहेको छ ।

दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले खेल जितेमा ऊ सेमिफाइनलका लागि स्वतः छनोट हुनेछ । ऊ पराजित भएमा सेमिफाइनलको स्थान बंगलादेश वा अफगानिस्तानले कब्जा गर्ने सम्भावना पनि छ।

यता, अफगानिस्तानले बंगलादेशलाई पराजित गर्न सके अन्तिम चारमा प्रवेश गर्ने छ । साथै, भारतले अष्ट्रेलियालाई पराजित गर्न सकेमा पनि अफगानिस्तानलाई सेमिफाइनल पुग्न सहज हुने देखिन्छ ।

पुछारमा भएको बंगलादेशले पनि अन्तिम चारमा पुग्ने झिनो गणितीय सम्भावनासहित प्रतिस्पर्धा गर्ने देखिन्छ ।

तर अफगानिस्तानलाई सेमिफाइनल पुग्न भने त्यति सहज छैन । भारतले अष्ट्रेलियालाई पराजित गर्दा अफगानिस्तानलाई हराउन सके तथा उच्च नेट रन रेटको आधारमा बंगलादेश अन्तिम ४ मा पुग्न सक्ने छ ।

समूह १ को अंकतालिका अनुसार फाइनल पुग्ने सम्भावना भारत र अष्ट्रेलियाको उच्च देखिए पनि बंगलादेश र अफगानिस्तानले पनि आफ्नो गणतीय सम्भावनालाई जितमा परिणत गर्दै सेमिफाइनलमा पुग्न प्रयास गर्ने देखिन्छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved