मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चारको अवस्था गम्भीर

नेपालभ्युज

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चारको अवस्था गम्भीर
सांकेतिक तस्वीर।

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका-७ मा जंगली विषालु च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा ४५ वर्षीय दलबहादुर चेपाङ रहेका छन् ।

उनलाई आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved