माओवादीले बोलायो संसदीय दलको बैठक, बजेट पारितका लागि ह्विप लगाउने तयारी

नेपालभ्युज

माओवादीले बोलायो संसदीय दलको बैठक, बजेट पारितका लागि ह्विप लगाउने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहान साढे १० बजे संसद भवन नयाँवानेश्वरमा बस्ने छ । सरकारले आज बजेट पारित गर्ने तयारी गरेको छ ।

बजेट पारितका लागि पार्टीले गर्ने आवश्यक निर्णयका लागि संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतकमा हितराज पाण्डेले बताए ।

माओवादीले सबैलाई संसदमा अनिवार्य उपस्थितीका लागि ह्विप लगाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने कार्यसूची छ । माओवादीले बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved