एजेन्सी । कुनै पनि कलाकारले दर्शक तथा प्रशंसकको मनमा कुनै न कुनै प्रकारले छाप छोडेको हुन्छ । आज हामी त्यस्तै केही भारतीय कलाकार बारे बताउनेछौं, जो समय अघि नै हृदयघातका कारण बिते ।
सतीश कौशिक
सतीश कौशिकको निधन ९ मार्च सन् २०२३ मा भएको थियो । यी अभिनेताको उमेर ६६ वर्षको थियो र मृत्युको कारण हृदयघात बताइएको थियो ।
राजु श्रीवास्तव
चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवको नाम पनि यही लिस्टमा सामेल छ । राजु श्रीवास्तवलाई केही समयका लागि भेन्टिलेटरमा पनि राखिएको थियो तर, उनले पनि यो संसारलाई अलविदा भने । सन २०२२ सेप्टेम्बर २१ मा उनको निधन भएको थियो ।
सिद्धार्थ शुक्ला
अभिनेता सिद्धार्थ शुक्लाले मात्र ४० वर्षको उमेरमा संसार छाडेका थिए । उनको निधनको कारण पनि हृदयघात बताइएको थियो । सन २०२१ सेप्टेम्बर २ तारिखमा उनको निधन भएको थियो ।
केके
बलिउडका चर्चित गायक केकेको मृत्यु पनि हृदयघातका कारणले भएको थियो । सन २०२२ मे ३१ मा कोलकातामा एक कन्सर्टका क्रममा यी गायकको मृत्यु भएको थियो । त्यसबेला उनी ५३ वर्षका थिए ।
श्रीदेवी
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीलाई आज पनि धेरैले सम्झन्छन् । उनको निधन पनि हृदयघातका कारण भएको बताइएको थियो । सन २०१८ फेब्रुअरी २४ मा ५४ वर्षको उमेरमा श्रीदेवीको निधन भएको थियो ।
ओम पुरी
चर्चित अभिनेता ओम पुरीले कयौं शानदार फिल्ममा काम गरेका छन् । उनले एउटा फरक प्रकारको छाप छोडेका छन् । यी अभिनेताको ६६ वर्षको उमेरमा सन २०१७ जनवरी ६ मा हृदयघातका कारण निधन भएको थियो ।
Facebook Comment
Comment