मण्डला थिएटरमा नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ हुँदै

नेपालभ्युज

मण्डला थिएटरमा नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ हुँदै

काठमाडौँ। थापागाउँस्थित मण्डला थिएटरमा यही असार २१ गतेदेखि तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ को आयोजना हुदैछ।

महोत्सवका निर्देशक अनुप न्यौपानेका अनुसार मण्डला थिएटरका पूर्व विद्यार्थीहरू र थिएटरको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो। असार २३ गतेसम्म हुने महोत्सवको यो पहिलो संस्करण समेत हो।

महोत्सवमा मण्डलाकै विद्यार्थीहरूबाट सिर्जना गरिएका ६ वटा नाटक प्रस्तुत गरिने छ। आयोजक टोलीका अनुसार महोत्सवमा नाटक तथा अन्य कला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि हुनेछ।

निर्देशक न्यौपानेका अनुसार महोत्सवका लागि ‘रेल्वे टु नोव्हेर,’ ‘मिरर,’ ‘सिल्पिनी,’ ‘नुग्धा,’ ‘आगम’ र ‘अङ्कुरण’ नाटकहरू छनोट भएका छन्। उनका अनुसार १८ वटा कथाहरूबाट आठ वटा मात्र छनोट गरी १५ दिने प्रडक्सन वर्कसप गरेर छ वटा नाटकलाई अन्तिम चरणका लागि छानिएको हो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved