फिल्डिङ र ब्याटिङमा कमजोरी भए, सुधार्छौं : कप्तान पौडेल

नेपालभ्युज

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, सुधार्छौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।

बिहीबार टी-२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

टीममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको भनाइ छ ।

उनले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनैपनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए ।

राम्रो खेल्ने खेलाडीलाई टीममा स्थान सधैँ खुला रहेको पौडेलले जानकारी दिए ।

यस्तै, उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved