बेबीमुन मनाउन लन्डन गए रणवीर-दीपिका

नेपालभ्युज

बेबीमुन मनाउन लन्डन गए रणवीर-दीपिका

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह बेबीमुन मनाउन लन्डन प्रस्थान गरेका छन् ।

उनीहरू दुवै जना बिहीबार बिहान मुम्बई एयरपोर्टमा कालो पहिरनमा थिए ।

६ महिनाकी गर्भवती दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्म दिनेछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू बेबीमुन मनाउन लन्डन गएका हुन् ।

दीपिका यसअघि बुधबार साँझ मुम्बईको जुहुस्थित नोभोटेल होटलमा फिल्म ‘कल्की २८९८’ को प्रि-रिलिज कार्यक्रममा पनि पुगेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved