टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता
File Photo

काठमाडौं। टी २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले तेस्रो विकेट लिएका हुन्।

उनले दक्षिण अफ्रिकाका हेनरिक क्लासेन लाई ३ रनमा आउट गरेका हुन्। कुशलको यो व्यक्तिगत दोस्रो विकेट हो।

यसअघि दीपेन्द्र सिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिए।

दक्षिण अफ्रिकाले १३.२ ओभरमा ३ विकेटको क्षतिमा ७२ रन बनाएको छ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved