काठमाडौं। कुवेतको मानगाफ सहरको श्रमिक आवासीय भवनमा भएको आगलागीमा मारिएका ४९ मध्ये ४० जना भारतीय भएको पुष्टि भएको छ ।
भारतको विदेश मन्त्रालयले आगालागीमा परि आफ्ना ४० नागरिक मारिएको र ५० जना घाइते भएको पुष्टि गरेको हो ।
बुधबार श्रमिकको वसोवास हुने आवासीय भवनमा आगो लागेको थियो । मृत्यु हुने अधिकांश भारतको केरला र तमिलनाडुका वासिन्दा भएको अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार घाइते भएकामा नेपाली र फिलिपिनो नागरिक पनि छन् । नेपाली दूतावासले भने आगलागीमा नेपाली परेकोबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
दूतावासको वेब साइटमा आगलागीबारे कुनै पनि सूचना अपडेट गरिएको छैन । आगलागीका बेला भवनमा १९६ जना श्रमिक थिए । मृतक अन्य कुन देशका नागरिक हुन् भन्नेबारे खुलाईएको छैन ।
सामाजिक संजालमा राखिएका भिडिओमा आगोको लप्काले भवनको तल्लो तलामा क्षति पुर्याएर निस्केको कालो मुस्लोले माथिल्लो तलासम्म क्षति पुर्याएको देखिएको छ।
कुवेतको श्रमिक आवासमा आगलागी, ४० भन्दा बढीको मृत्यु, नेपाली पनि परेको आशंका
Facebook Comment
Comment