संसद बैठक बस्दै, आज तीनवटा मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमाथि छलफल हुने

नेपालभ्युज

संसद बैठक बस्दै, आज तीनवटा मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत आज तीनवटा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची छ ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ । जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved