दूध बेचेको पैसा नपाउँदा किसानलाई गाईभैँसीलाई दाना खुवाउनै समस्या 

नेपालभ्युज

दूध बेचेको पैसा नपाउँदा किसानलाई गाईभैँसीलाई दाना खुवाउनै समस्या 

काठमाडौं । दूध उत्पादन गर्ने किसानहरूको झन्डै साढे चार अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पाइएको छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको झन्डै एक अर्ब २५ करोड रुपैयाँ र बाँकी अरू निजी दुग्ध कम्पनी तथा डेरीहरूको हिस्सा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

गएको वर्षको साउनदेखि दुग्ध किसानहरूले नियमित भुक्तानी प्राप्त गर्न नसकेको बताउँदै आएका थिए ।

दशैँ–तिहारलगत्तै समस्या थप जटिल बनेपछि मङ्सिरमा सरकार, डेरी व्यवसायी र दुग्ध किसानहरू बीचमा सहमति भएको थियो ।

मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झन्डै दुई अर्ब रुपैयाँले घटेको हो । संस्थान र निजी दुग्ध कम्पनी तथा डेरीहरूले भण्डारमा थन्किएको धूलो दूध र मक्खनको खपत नभएकोले भुक्तानी गर्न नसकेको बताउँदै आएका छन् ।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा बालक चौधरी मूल्य घटाएर भए पनि भण्डारमा रहेको दुग्धजन्य उत्पादनको खपत गराएर भुक्तानी दिने गरी छलफल भइरहेको बताए । दूध बेचेको पैसा नपाउँदा किसनाले भने गाईभैँसीलाई दाना खुवाउनै समस्या परेको गुनासो गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved