रात्री बस दुर्घटना हुँदा ४३ जना घाइते

नेपालभ्युज

रात्री बस दुर्घटना हुँदा ४३ जना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीमा रात्री बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको तुल्सिपुर यातायात प्रालिको रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे सालझन्डीमा दुर्घटनामा परेको हो ।

बिग्रेर सडकमा रोकिएको ट्रकमा बस ठोक्किँएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेमध्ये १९ जना उपचारपछि घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved