टी-२० विश्वकप क्रिकेट

टस नै नभई श्रीलंका र नेपालबीचको खेल रद्द, दुवै टोलीले अंक बाँडे

नेपालभ्युज

टस नै नभई श्रीलंका र नेपालबीचको खेल रद्द, दुवै टोलीले अंक बाँडे

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा श्रीलंका र नेपालबीचको खेल वर्षाको कारण रद्द भएको छ।

लाउडरहिलमा नेपाली समयअनुसार सवा ५ बजे सुरु हुने पर्ने खेल वर्षाका कारण प्रभावित भएसँगै टस नभईकनै खेल रद्द भएको हो। यससँगै दुवै टोलीले अंक बाडेका छन्।

श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ। नेपालको सुपर ८ को सम्भावना भने कायम नै छ। अब सुपर ८ मा जान नेपालले समुह चरणको दक्षिण अफ्रिका र बंगलादेशबीचको खेल जित्नै पर्ने हुन्छ भने अरु टोलीको खेलको नतिजा पनि कुर्नु पर्ने हुन्छ।

टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह ‘डी’ को नेपालले आज श्रीलंकासँग खेल्न लागेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

श्रीलंका पनि यसअघिका दुई खेलमा पराजित भएको छ । नेपालले समूह चरणका अन्तिम दुई खेल भने अब वेस्ट इन्डिजमा खेल्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङग्लादेशसँग खेल्नेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved