टी-२० विश्वकप क्रिकेट

श्रीलंका र नेपालबीचको खेल वर्षाका कारण प्रभावित

वर्षा रोकिए पनि मैदानको विभिन्न भाग भिजेको छ।

नेपालभ्युज

श्रीलंका र नेपालबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा श्रीलंका र नेपालबीचको खेल वर्षाको कारण प्रभावित भएको छ।

लाउडरहिलमा नेपाली समयअनुसार सवा ५ बजे सुरु हुने पर्ने खेल वर्षाका कारण प्रभावित भएको हो। वर्षाका कारण टस पनि हुन सकेको छैन।

वर्षा रोकिए पनि मैदानको विभिन्न भाग भिजेको छ। खेल निर्धारित समयभन्दा करिब ९० मिनेट ढिला सुरु हुने अनुमान गरिएको छ।

नेपाली समयअनुसार ५ः४५ मा हुन सक्यो भने खेलको ओभर घट्ने छैन। तर, ५ः४५ मा टस हुन नसके ओभर घटाइने छ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल आफ्नो पहिलो जितको खोजीमा छ। पछिल्लो २ खेलमा पराजित भएको श्रीलंका पनि आफ्नो पहिलो जित निकाल्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved