सेयर बजारमा उछाल, १३ वटै उपसमूहमा हरियाली 

नेपालभ्युज

सेयर बजारमा उछाल, १३ वटै उपसमूहमा हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । लामो समयदेखि घटिरहेको बजारमा मंगलबार भने उछाल देखिएको हो ।

आज नेप्से परिसूचक ३३ दशमलव १५ अंकले बढेर २११५ दशमलव २४ को विन्दुमा पुगेको छ । मंगलबार ३११ कम्पनीका ७४ हजार ८ सय ७७ पटकको कारोबारमा १ करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ४ दशमलव १८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २ दशमलव ५२ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये सबै हरियाली भएका छन् भने निर्जीवन बीमा कम्पनी र बीमा कम्पनीहरू सर्वाधिक बढेका छन् ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलोपमेन्टले सर्वाधिक कमाएको छ । जसको कारोबार रकम ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ कमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved