काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले ‘करिअर काउन्सिल’को काम गर्ने बताएकी छिन् ।
बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले यो शुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने बताइन् ।
मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा ‘भोकेसनल’ तालिमहरु सञ्चालन गर्न सकिने बताइन् ।
उनले भनिन्, ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट शुरु गर्दैछौँ । अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बन्न युवाहरुलाई प्रेरित गर्न सक्छौँ । सहकार्यका लागि पनि हामीले छलफल चलाइरहेका छौँ ।’
Facebook Comment
Comment