एमालेको माग- प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे संसद्‌‌लाई जानकारी गराउनुपर्छ 

नेपालभ्युज

एमालेको माग- प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे संसद्‌‌लाई जानकारी गराउनुपर्छ 

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणबारे संसद्‌‌लाई जानकारी गराउनुपर्ने माग गरेको छ ।

मङ्गलबार जारी प्रतिनिधिसभा बैठकमा भाग लिएका एमाले सांसद रघुजी पन्तले यस्तो माग गरेका हुन् ।

“प्रधानमन्त्रीजीले बाहिर मिडियामा मात्रै भनेर हुँदैन, यहाँ आएर भारतसँग के-के विषयमा कस्तो-कस्तो कुराकानी भयो, दुईपक्षीय हितका विषयमा के-कस्ता योजनाहरूबारे छलफल भयो । यसबारे प्रधानमन्त्रीले संसद्‌लाई जानकारी दिनुपर्छ,” उनले भने ।

प्रधानमन्त्रीको भ्रमणबारे थाहा पाउने संसद्‌को विशेषाधिकार भएको भन्दै उनले सभामुखले यसबारे रुलिङ गर्नुपर्ने बताए । “संसद्‌को यो विशेषाधिकारको रक्षा गरौँ, प्रधानमन्त्री अहिल्यै आएर जानकारी दिनुपर्छ,” उनले भने ।

यस्तै उनले नेपालको भारत-नीति के हो भनेर प्रश्न गरे । भारतको नेपाल-नीति स्पष्ट भएको उल्लेख गर्दै उनले नेपालले भारत-नीति किटान गर्न नसकेको टिप्पणी गरे । भारतसँगको समस्याहरू ज्यूँका त्यूँ भएको उल्लेख गर्दै त्यसमा समाधान खोज्नुपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved