सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नेपालभ्युज

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोमबार शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै ८ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । यससँगै ७ जनाले मात्र शपथ लिएका छन् ।

माओवादी केन्द्रका ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालय र एमालेका सुरेन्द्र पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेका विरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तले बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved