सुदूरपश्चिम : मन्त्री नियुक्ति रोक्न माग गर्दै माओवादीका ५ सांसदले बुझाए मुख्यमन्त्रीलाई पत्र

नेपालभ्युज

सुदूरपश्चिम : मन्त्री नियुक्ति रोक्न माग गर्दै माओवादीका ५ सांसदले बुझाए मुख्यमन्त्रीलाई पत्र

धनगढी। नेकपा (माओवादी केन्द्र), सुदूरपश्चिम प्रदेश सभाका पाँच सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्री दीर्घ सोडारीलाई पत्र बुझाएका छन् ।

सांसदहरू खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्री सोडारीलाई पत्र बुझाएका हुन् ।

संसदीय दलका नेता मानबहादुर धामीले भने अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मन्त्री नियुक्तिका लागि भन्दै मुख्यमन्त्री सोडारीलाई बुझाएका थिए । तर, तत्कालीन संसदीय दलका नेता भट्टसहितले नियुक्ति रोक्न माग गर्दै पत्र बुझाएका हुन् ।

पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको उल्लेख छ । यसअघि माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved