पाउण्ड सस्तिँदा डलरको मूल्य स्थिर

नेपालभ्युज

पाउण्ड सस्तिँदा डलरको मूल्य स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पाउण्डको मूल्य केही सस्तिएको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved