त्रिभुवन विमानस्थल आधा घण्टा बन्द गरिने

नेपालभ्युज

त्रिभुवन विमानस्थल आधा घण्टा बन्द गरिने
फाइल तस्वीर

काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ । हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

आज दिउँसो १ देखि साढे १ बजेसम्म उडान/अवतरण बन्द हुने विमानस्थलले जनाएको छ ।

‘यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिनेछ । साथै अभ्यासको क्रममा स्थानीय समय १३:०० देखि १३:३० वजे सम्म यस विमानस्थलको अपरेशन वन्द हुने भएकोले नियमित उडानरअवतरण प्रभावित हुन सक्नेछन् ।’ सूचनामा भनिएको छ ।

विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लानअनुसार उक्त कार्य गर्न लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved