जसपा नेपालको राष्ट्रिय महाधिवेशन जनकपुरमा आज सुरु हुँदै

नेपालभ्युज

जसपा नेपालको राष्ट्रिय महाधिवेशन जनकपुरमा आज सुरु हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आजदेखि जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने जसपाले जनाएको छ । महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा अधिवेशन स्थल निर्माण गरिएको छ ।

अध्यक्ष उपेन्द्र यादवले दिउँसो १ बजे महाधिवेशन उद्घाटन गरिँदैछ । महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकका प्रतिनिधि, राजनीतिक दलका नेतालाई निम्तो गरिएको छ ।

अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई भने नबोलाइएको नेता मनिष सुमनले बताए ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

महाधिवेशनले अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष एक गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्ने सुमनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved