दिल्लीमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहानैदेखि व्यस्त, राष्ट्रपति मुर्मू सहितका उच्चस्तरीय वार्तामा सहभागी हुने

नेपालभ्युज

दिल्लीमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहानैदेखि व्यस्त, राष्ट्रपति मुर्मू सहितका उच्चस्तरीय वार्तामा सहभागी हुने

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली आज पनि बिहानैदेखि विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने भएको छ ।

प्रचण्डले बिहान ११ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग औपचारिक भेटवार्ता गर्ने कार्य तालिका छ ।

त्यसअघि होटल ताजमा रहेको प्रधानमन्त्री नेतृत्वको टोली बिहान ९ बजे नेपाली दूतावासमा हुने कार्यक्रममा सरिक हुनेछ । दूतावासले प्रधानमन्त्रीको सम्मानमा ब्रेक फास्टको आयोजना गरेको छ ।

दूतावासको कार्यक्रम लगत्तै प्रधानमन्त्री राष्ट्रपति मुर्मूलाई भेट्न राष्ट्रपति भवन प्रस्थान गर्नेछन् ।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले नवनियुक्त विदेश मन्त्री जय शंकरसँग भेट गर्ने कार्यतालिका छ । दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले उद्योगी,व्यवसायीसँग छलफल गर्ने छन् ।

प्रधानमन्त्रीको टोली दिउँसो सवा ३ बजे नेपालका लागि प्रस्थान गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved