समाजवादी क्रान्तिबारे घनश्याम भुसाल- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन

‘यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसावले व्यक्ति पूजा । आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ’, उनले भने ।

नेपालभ्युज

समाजवादी क्रान्तिबारे घनश्याम भुसाल- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।आइतबार काठमाडौंमा ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे ।

उनले एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए ।

यदि नवौं महाधिवेशनले गलत निर्णय नगरेको भए अहिले आफूहरूले बनाएको समाजवादी कार्यक्रम २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुने थियो भन्ने भुसालको भनाइ छ ।

‘मुलुकले भयंकर ठूलो क्षति बेहोरेपछि नेकपा एकीकृत समाजवादीले आज गर्दैछ । यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन । हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन् । पुनर्गठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो । विज्ञानमा प्रयत्न गर्नुको औचित्यहीनता कतै हुँदैन । यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसावले व्यक्ति पूजा । आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ’, उनले भने ।

भुसालले माओवादीले पनि यो कुरा बुझ्न अझै धेरै समय लाग्ने बताए । भने, ‘उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन । नेकपा माओवादी केन्द्रको उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ । हाम्रो यो सानो पार्टी एकीकृत समाजवादीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved