तापसी पन्नुले बताइन् पति मैथियाससँगको प्रेमकहानी

नेपालभ्युज

तापसी पन्नुले बताइन् पति मैथियाससँगको प्रेमकहानी

एजेन्सी । सन् २०२४ मार्चमा तापसी पन्नुले आफ्नो ब्वायफ्रेन्ड र ब्याडमिन्टन खेलाडी मैथियास बोसँग उदयपुरमा गोप्य ढंगले विवाह गरिन् । उक्त व्यक्तिगत कार्यक्रमको भिडि‌ओ पनि धेरै ढिला मात्र भाइरल भएको थियो ।

अहिले नयाँ अन्तरवार्तामा तापसीले मैथियाससँगको सम्बन्धका बारेमा बताएकी छन् । उनले मैथियास बोसँग पहिलो नजरमा नै प्रेम नभएको बताएकी छन् । यसका लागि उनले समय लिएकी थिइन्, किनकि उनी हेर्न चाहन्थिन् कि यो सम्बन्ध दुवैका लागि सही छ कि छैन ।

तापसीले कुराकानीका क्रममा आफ्नो मनमा खेलप्रति थोरै रुचि भएको समेत बताइन् । उनले भनिन्, “कम से कम मेरा लागि यो पहिलो नजरको प्रेम थिएन ।” उनले अगाडि भनिन्, “मैले समय लिएँ बुझ्नका लागि कि यो साँच्चै हुन सक्छ वा सक्दैन । सम्बन्ध लामो समयसम्म रहनेछ वा रहनेछैन मेरा लागि यो बुझ्न जरुरी थियो ।”

उनले आफूले मैथियासलाई एकदमै मन पराउने र उनको इज्जत गर्ने बताइन् । साथमा उनीहरु भेटघाट गरिरहन्थे, जसका क्रममा प्रेम सम्बन्ध बस्यो ।

तापसीले अहिलेसम्म आफ्नो विवाहको फोटो शेयर गरेकी छैनन् । तर, उनीहरुको विवाहको एउटा भिडिओ भने भाइरल भएको थियो जसमा उनी नाँच्दै दुलाहातिर गएको देखिएकी छन् ।

कामको कुरा गर्दा तापसी पछिल्लो पटक फिल्म ‘डंकी’ मा शाहरुख खानसँग देखिएकी थिइन् । छिटै उनी नेटफ्लिक्सको फिल्म ‘फिर आई हसिन दिलरुबा’ मा देखिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved