सबैले पक्ष लिइरहेका बेला एक गायकले गरे कंगनाको विरोध

नेपालभ्युज

सबैले पक्ष लिइरहेका बेला एक गायकले गरे कंगनाको विरोध

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले भारतको लोकसभा चुनाव जितेकी छन् र लगातार चर्चामा बनिरहेकी छन् ।

कंगनालाई हालै चंडीगढ एयरपोर्टमा सीआईएसएफ जवानले थप्पड हानेकी थिइन् । जवान कुलविन्दर कौरले कंगनालाई थप्पड हानेपछि अहिले समर्थन र विरोधका स्वर देखिइरहेका छन् ।

किसानले कंगनालाई थप्पड हान्ने कुलविन्दरको पक्ष लिइरहेका छन् । कंगना रनौतका प्रसशंकले भने विरोध गरिरहेका छन् ।

धेरै बलिउड कलाकारले कंगनाको साथ दिएका छन् । तर, गायक विशाल ददलानीले कुलविन्दरको पक्षमा स्टाटस लेखेका छन् ।

विशालले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, “म हिंसाको कत्ति पनि समर्थन गर्दिन तर, महिला जवानको रिसलाई बुझ्न सक्छु । यदि जवान विरुद्ध कुनै पनि एक्सन लिइन्छ भने म यो कुरालाई सुनिश्चित गर्नेछु कि उनका लागि जागिर दिनेछु, उनले हुन्छ भन्छिन् भने । जय हिन्द, जय जवान, जय किसान ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved