बालेनको कटाक्षप्रति ओलीको टिप्पणी- झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो

‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ कि चार लात हानेँ यसपल्ट’, ओलीले भने ।

नेपालभ्युज

बालेनको कटाक्षप्रति ओलीको टिप्पणी- झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कटाक्षप्रति टिप्पणी गरेका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा बोल्दै ओलीले बालेनको शैलीलाई झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो भन्दै टिप्पणी गरे ।

‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ कि चार लात हानेँ यसपल्ट’, ओलीले भने ।

ओलीले आफू कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताए । भने, ‘राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व, जिम्मेवार र सभ्य राजनीतिमा लैजानुपर्छ । असभ्य राजनीतिमा होइन ।’

काठमाडौं महानगरपालिकाको नेतृत्वमा सडक विभागअघि धुलो खसालिएको तथा न्यूरोडमा फुटपाथ बढाएको घटनासँग एमालेसँग असझदारी बढेको छ । साथै, मेयर बालेनले ओलीलाई गिरीबन्धु प्रकरणमा जोडेर फेसबुकमा कटाक्षयुक्त स्टाटस लेखेका थिए ।

बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौं महानगरले बनाउन लागेको फुटपाथलाई ओलीले फेरि सडक नै बनाउन थालेको भन्दै आलोचना गरेका थिए ।

एमाले अध्यक्ष ओलीप्रतिको बालेनको अभिव्यक्तिप्रति एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभामा समेत प्रतिवाद गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved