सेनाका अमलदारले गरे श्रीमतीको हत्या, अर्का युवक गम्भीर घाइते

नेपालभ्युज

सेनाका अमलदारले गरे श्रीमतीको हत्या, अर्का युवक गम्भीर घाइते

काठमाडौं ।  दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनले आज बिहान ८ बजेतिर श्रीमतीको हत्या गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले बताए ।

श्रीमतीको हत्या गरी बुढाथोकी फरार भएका थिए । उनलाई केहीबेरमै तुलसीपुरबाटै पक्राउ गरिएको थियो ।

शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई आज बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रारम्भिक बयानमा खुलेको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत बुढाथोकीलाई खुकुरी प्रहार गरेका थिए । गर्धन र टाउकोमा गम्भीर चोट लागेका थापाको उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved