एजेन्सी । घुईयाको पातदेखि जरासम्म स्वास्थ्यका लागि फाइदाजनक तरकारी मानिन्छ । तर, केही व्यक्तिले घुईयाको तरकारी खानु हुँदैन । जानौं कस्ता व्यक्तिलाई घुईयाको तरकारी हुन सक्छ खतरनाक ।
त्यसो त घुईया स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । तर, जो व्यक्तिलाई यूरिक एसिड बढेको छ त्यस्ता व्यक्तिका लागि यो विष जस्तै हो । यसले यूरिक एसिड झन बढाउँछ ।
यदि मिर्गौलासँग सम्बन्धित कुनै समस्या छ भने पनि घुईया सेवन नगर्नुहोस् । यसको सेवनले मिर्गौलामा पत्थरीको समस्या पनि हुन सक्छ ।
यदि जोर्नी दुख्ने समस्या भइरहेको छ भने पनि घुईयाको सेवन नगर्नुहोस् । यसले दुखाईलाई बढाउने काम गर्छ ।
छालामा कुनै प्रकारको एलर्जीको समस्या छ भने पनि घुईयाको सेवन गर्नु हुँदैन । यसमा अक्सलेट नामक तत्व हुन्छ जो घाँटी तथा छाला चिलाउने कारण बन्न सक्छ ।
महिलाले घुईया अत्यधिक सेवन गर्नबाट बच्नुपर्छ । यसको नियमित सेवनले योनीसँग जोडिएका समस्या हुन सक्छन् ।
ग्याससँग सम्बन्धित कुनै समस्या छ भने पनि घुईया सेवन नगर्नुहोस् । यसले ग्यास बढ्ने र अपच तथा एसिडिटीको समस्या बढाउँछ ।
Facebook Comment
Comment