नवनिर्वाचित सांसद रनौतलाई सीआईएसएफकी महिला कर्मचारीले हानिन् थप्पड

नेपालभ्युज

नवनिर्वाचित सांसद रनौतलाई सीआईएसएफकी महिला कर्मचारीले हानिन् थप्पड

काठमाडौं । हालै निर्वाचित लोकसभा सांसद कंगना रनौतलाई मोहाली अन्तर्राष्ट्रिय एयरपोर्टमा एक महिला कर्मचारीले थप्पड हानेकी छन् ।

इन्डियन एक्सप्रेसका अनुसार एयरपोर्टको सुरक्षा होल्ड क्षेत्रमा प्रवेश गर्न खोजेपछि रनौतलाई केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)की एक कर्मचारीले थप्पड हानेकी हुन् ।

घटनापछि ती कर्मचारी निलम्बित भएकी छन् । रनौतले एयरपोर्ट फोर्समा उजुरी दिएकी छिन्

घटनाबारे थप अनुसन्धान गर्न सीआईएसएफका वरिष्ठ अधिकारीहरू सम्मिलित छानबिन समिति गठन गरिएको छ।

पञ्जाबको मन्डीबाट रनौत अत्याधिक मतसहित विजयी भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved