काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग गरेको छ । यसअघि पनि यो अभियानमा सहयोग गर्दै आएको कम्पनीले यस वर्ष सहयोगलाई निरन्तरता दिएको हो ।
नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि जेठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।
युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ ।
यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजीभन्दा बढी फोहोर र १ थान कंकालसहित ५ शवको अवशेष संकलन गरिएको छ । युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा साथ सहयोग गरेको थियो ।
नेपाली सेनाकाअनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर संकलन भएको छ भने १२ जना मृतकको शवको अवशेष संकलन भएको छ ।
Facebook Comment
Comment