गर्मीमा पेटलाई शितल बनाउने पाँच मसला

नेपालभ्युज

गर्मीमा पेटलाई शितल बनाउने पाँच मसला

एजेन्सी । दिनदिनै गर्मी बढ्दै गइरहेको छ । यस्तोमा मानिसलाई के खाने के नखाने समस्या परिरहेको हुन्छ ।

खानपिन तथा हाम्रो भान्सामा मसलाको दैनिक प्रयोग हुन्छ । गर्मीमा विशेषगरी गरम मसलाको स्थानमा केही मसला हामी बताउनेछौं जसले पेटलाई शितल बनाउँछ ।

सोंफलाई सबैले मुखको गन्ध हटाउन र खाना पचाउन प्रयोग गर्छन् । यसले पाचनसँग जोडिएका समस्या पनि कम गर्छ । साथमा यसलाई चिया मसलाको रुपमा पनि  प्रयोग गर्न सकिन्छ ।

सुकमेलले पनि पेटलाई शितल बनाउँछ । यो विशेषगरी गर्मी समयमा फाइदाजनक मानिन्छ । यसलाई तपाईं दुध, चिया, अन्य तरकारीमा मिसाएर खान सक्नुहुन्छ ।

जीरालाई भुटेर राइता वा चुकौनीमा राखेर खाँदा स्वाद र स्वास्थ्य दुवैका लागि राम्रो मानिन्छ । यसले पेटलाई शितल बनाउँछ ।

गर्मीमा धनियाँको पात वा बिज दुवै पाचनका लागि राम्रो मानिन्छ । यसले पेटलाई शितल राख्नुका साथै खानाको स्वाद पनि बढाउँछ ।

मेथीको दाना गर्मीमा फाइदाजनक मानिन्छ । यो खाँदा शरीर शितल हुनुका साथै पेट तथा पाचनका लागि पनि राम्रो मानिन्छ ।

गर्मी मौसममा कुनै पनि मसला धेरै खानु हुँदैन । मरिच, खुर्सानी, ठूलो सुकमेल जस्ता मसला एकदमै कम मात्रामा खानु पर्दछ ।

मसलाको अत्यधिक सेवनले गर्मीमा वाकवाकी हुने, वान्ता आउने, अपच हुने जस्ता  समस्या देखिन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved