काठमाडाैँ । भँगेरा वर्गमा पर्ने तोप चरालाई चराहरूको इन्जिनियर भनेर समेत चिनिन्छ। यो चरालाई पूर्वी तराइतिर ‘चोंची’ पनि भन्दछन्।
समूहमा बस्न रुचाउने तोप चराले प्रायः आफ्नो गुँड अग्ला रूख वा बाँसमा बनाउने गर्दछ। धादिङतिर ‘तोलायुँ भनेर चिनिने यो चरालाई कतै ‘सुजेरो’ त कतै ‘बकेचो’ पनि भनिन्छ।
शाकाहारी वर्गको यो चराको मुख्य आहार धान र साना खाले गेडागुडी हो। अन्नबाली र पोखरीको छेउछाउमा बस्न रुचाउने तोपचराले कीरा फट्याङ्ग्रा भने खाँदैन।
तोपचराको भालेले अग्ला रुखमा झुन्डिएका गुँडहरू बनाउने गर्दछन्। उनीहरूले पोथीलाई लोभ्याउन सकेजति राम्रा गुँड बनाउँछन्। प्रजननको समयमा तोपचराको भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन्।
पोथी आफूलाई मन परेको गुँड छानेर बस्छन्, त्यही गुँडमा फूल पार्छन्। पोथीले गुँड मन नपराए भालेले पुनः नयाँ गुँड बनाउँछ र पोथी फकाउने प्रयास गर्छ।
यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेंलो र चिल्लो हुन्छ भने पोथीहरू सादा र फुस्रा हुन्छन् ।
तस्वीरहरु:-

Facebook Comment
Comment