जीप दुर्घटनामा एक बालिकासहित २ जनाको मृत्यु

नेपालभ्युज

जीप दुर्घटनामा एक बालिकासहित २ जनाको मृत्यु

काठमाडौं । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायलमा आज बिहान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । खडिनामा भएको दुर्घटनामा  सातजना घाइते भएका छन् ।

दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । जीपमा चालकसहित ९ जना सवार थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved