संसद बैठक बस्दै, अर्थमन्त्री पुनले सांसदका प्रश्नको जवाफ दिने

नेपालभ्युज

संसद बैठक बस्दै, अर्थमन्त्री पुनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आर्थिक वर्ष २०८१ /०८२ को बजेट माथि छलफल जारी रहनेछ ।

आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने संसदको कार्यसूची छ ।

बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार महशुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved