नेदरल्याण्ड्सविरुद्ध नेपालले सस्तैमा गुमायो दुवै ओपनर

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको छ । ओपनर कुशल भूर्तेल ७ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् । यसअघि अर्का ओपनर आसिफ शेख ४ रन बनाएर पेभेलियन फर्केका थिए । नेपालले ३ ओभरमा २ विकेट गुमाएर १५ रन बनाएको छ ।