माधव नेपाल भेट्न कोटेश्वर पुगे विप्लव, साथमा प्रकाण्ड पनि

नेपालभ्युज

माधव नेपाल भेट्न कोटेश्वर पुगे विप्लव, साथमा प्रकाण्ड पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

उक्त  भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा उनीहरुबीच  छलफल भएको बताइएको छ  ।

विप्लव समाजवादी मोर्चाका संयोजकसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved